समय : ०९:३७ pm | शुक्रबार , माघ २ गते २०८२

माइडियाले सुरु गर्‍यो टी-२० विश्वकप हेर्न मुम्बई यात्रा जित्ने महाअभियान

अर्थ विशेष | पौष ६ गते २०८२

काठमाडौं । घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताका लागि एक रोमाञ्चक ग्राहक अभियान सुरु गरेको छ । कम्पनीका अनुसार ‘खरिद गर्नुहोस्, जित्नुहोस्, उड्नुहोस्’ यस अभियानको मुख्य आकर्षण भनेको आइसीसी टी-२० विश्वकप खेल मुम्बईको वानखेडे स्टेडियममा प्रत्यक्ष हेर्न पाउनु हो ।

यो पहलले माइडियाको उपकरणसँग नेपाली क्रिकेटप्रतिको लगावलाई संयोजन गर्दै ग्राहकलाई अविस्मरणीय यात्रा र उत्साहको अनुभव दिने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार मुख्य पुरस्कार: मुम्बईको ५ दिने विश्वकप यात्रामा विजेताले आफ्नो सहभागीसहित मुम्बईको ५ दिने टुर प्याकेज जित्नेछन्, जसको केन्द्रमा वानखेडे स्टेडियममा हुने आइसीसी टी-२० विश्वकपमा नेपालको खेल हेर्ने अवसर रहनेछ ।

यस अभियानमा सहभागी हुन माइडियाको उत्पादन खरिद गरेका ग्राहकले मिडिया [स्पेस] वारेन्टी कार्ड नं [स्पेस] उत्पादनको नाम [स्पेस] ग्राहकको नाम [स्पेस] ठेगाना लेखेर ३१००३ नम्बरमा एसएमएस पठाउनु पर्ने छ । अभियान अवधिमा माइडियाको वाशिंग मेसिन खरिद गरेमा ग्राहकहरूलाई ३ केजी एरियल डिटर्जेन्ट निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्