समय : ०१:५९ pm | सोमबार , मंसिर ८ गते २०८३

प्रधानमन्त्री बालेन र मोदीबीच हैदराबाद हाउसमा वार्ता सुरु

अर्थ विशेष | मंसिर ८ गते २०८३

काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता सुरु भएको छ ।

भ्रमणको दोस्रो दिन सोमबार दुवै प्रधानमन्त्रीबीच उच्चस्तरीय वार्ता भइरहेको हो । वार्तापछि दिउँसो १२ः२५ बजे हैदराबाद हाउसमै समझदारीपत्र (एमओयू) आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ ।

सोमबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिएको थियो । त्यसलगत्तै उनले राजघाट पुगेर पुष्पहार अर्पण गरेका थिए ।

कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले दिउँसो ३ः१५ बजे भारतीय राष्ट्रपतिसँग राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता गर्नेछन् । भ्रमणका औपचारिक तथा कूटनीतिक कार्यक्रम सम्पन्न गरी उनी अपराह्न ४ः५० बजे स्वदेश फर्कन प्रस्थान गर्नेछन् ।

आइतबार भारत पुगेका प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री एस जयशंकरसँग यसअघि नै भेटवार्ता गरिसकेका छन् ।

वरिष्ठ पत्रकार ऋषि धमलाका अनुसार प्रधानमन्त्री शाह र मोदीबीचको एकल भेटवार्ता सुरु भएको हाे । उनले दुई प्रधानमन्त्रीबीचको पहिलो भेट सौहार्दपूर्ण रहेको बताएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्