समय : ०६:२९ pm | आइतबार , कार्तिक २३ गते २०८३

मञ्जुश्री फाइनान्सको लाभांश प्रस्ताव पारित

अर्थ विशेष | कार्तिक २३ गते २०८३

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको १९औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको थापागाउँ बेंक्वेटमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष ०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

जसअनुसार १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) र पाँच प्रतिशत बोनस सेयर वितरण हुनेछ। कम्पनीको यस निर्णयले सेयरधनीहरूलाई प्रतिफल प्रदान गर्नुका साथै संस्थाप्रतिको विश्वास र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

सभाले ४० करोड रुपैयाँबराबरको ८.७५ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर नियमनकारी निकायबाट स्वीकृत भएपश्चात् जारी गरी प्राथमिक पुँजी वृद्धि गर्ने प्रस्ताप पारित गरेको छ।

साथै आ.व. ०८३/८४ का लागि एनकेटी एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई सभाले बाह्य लेखापरीक्षक नियुक्ति गरेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्