काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।
संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३८ करोड ७४ लाख ९४ हजार ८६६.४६ रुपैयाँको कुल १० प्रतिशतले हुन आउने ३ करोड ८७ लाख ४९ हजार ४८६.६४ रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ९.५ प्रतिशतले हुन आउने ३ करोड ६८ लाख १२ हजार १२.३१ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशतले हुन आउने १९ लाख ३७ हजार ४७४.३३ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।










