काठमाडौं । नबिल बैंकको पौने २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।
नबिल बैंकको संस्थापक समूहको १ लाख ७५ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा बैंकका संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि आवेदन दिन सक्नेछन्।
यसअघि बैंकका संस्थापक शेयरधनीहरुका लागि यो शेयर बिक्रीमा राखिएको थियो। तर, संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेपछि अहिले अन्य व्यक्ति तथा संस्थाका शेयर बिक्री खुला गरिएको छ।
इच्छुक लगानीकर्ताले १५ दिनभित्र शेयर खदिका लागि आवेदन दिन सक्नेछन्। आवेदन काठमाडौंको नक्सा नारायणचौरस्थित नबिल इन्भेस्टमेन्ट बैंकको रजिस्टर्ड कार्यालयमा दिन सकिनेछ।










