काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुलीसम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ।
बैंकले आफ्ना प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीहरूको सहभागितामा ‘सिटिजन्स बिल्डिङ स्केल एन्ड भ्यालु: लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुली (आर्थिक वर्ष २०८३/८४)’ कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललगायत वरिष्ठ कर्मचारीहरूको उपस्थिति थियो।
कार्यक्रममा चालु आर्थिक वर्षको कर्जा प्रवाह समीक्षा तथा आगामी अवधिका लागि कर्जा विस्तार, असुली व्यवस्थापन र प्राथमिकताका विषयमा छलफल गरिएको बैंकले जनाएको छ।
विशेषगरी सुस्त गतिमा विस्तार भइरहेको कर्जालाई गति दिने, रणनीतिक कर्जा योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा कर्जा असुली प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा कार्यक्रम केन्द्रित थियो।
बैंकका अनुसार लुम्बिनी प्रदेशका ९ जिल्लामा हाल ५१ वटा शाखा कार्यालय सञ्चालनमा छन्।
यसैबीच सिटिजन्स बैंकले डिजिटल बैंकिङ सेवा विस्तारलाई समेत प्राथमिकता दिएको जनाएको छ।
बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ।
त्यस्तै, ग्राहकलाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेभा’ नामक डिजिटल अनबोर्डिङ प्लेटफर्मसमेत सञ्चालनमा ल्याएको छ।
फ्रिलान्सरहरूका लागि ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ नामक बचत खाता सुरु गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार ग्राहकले मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सीआरएन नम्बरसम्बन्धी सेवा लिन सक्ने व्यवस्था पनि मिलाइएको छ।
हाल बैंकले देशभर १९ जिल्लामा फैलिएका २०० शाखा, १७६ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ५८ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।










