समय : ०४:२७ pm | शुक्रबार , श्रावण ८ गते २०८३

शेयर बजारमा ७.९० अंकको वृद्धि

अर्थ विशेष | श्रावण ८ गते २०८३

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ७ दशमलव ९० अंकले बढेर २,७३४ को विन्दुमा कायम भएको छ । आज १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५३ कम्पनीको १ करोड ३७ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको २५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले १४ दशमलव ४६ प्रतिशतका दरले कमाएका छन् । सगरमाथा जलविद्युतका लगानीकर्ताले ६ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् । खानीखोलाका लगानीकर्ताले ५ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सानिमा बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ८ दशमलव ९२ प्रतिशतका दरले गुमाएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्