समय : ०५:५० pm | मङ्गलबार , असाेज १३ गते २०८३

नबिल र गरिमा विकास बैंकको सेयरमूल्य समायोजन

अर्थ विशेष | असाेज १३ गते २०८३

काठमाण्डौ । नबिल बैंक लिमिटेड र गरिमा विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।
दुवै बैंकले बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले उक्त कम्पनीहरुको मूल्य समायोजन गरेको हो ।

नबिल बैंकको ५ प्रतिशत बोनस सेयर वितरणपश्चात् ५६६ रुपैयाँको आधारमा ५३९.०५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, गरिमा विकास बैंकको १० प्रतिशत बोनस सेयर वितरणपश्चात् ४५६ रुपैयाँको आधारमा ४१४.५५ रुपैयाँ कायम भएको छ । सोही मूल्यकै आधारमा भोलि दुवैको कारोबार खुल्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्