समय : ०४:०७ pm | सोमबार , असाेज १२ गते २०८३

नेप्सेमा दोहोरो अंकको गिरावट

अर्थ विशेष | असाेज १२ गते २०८३

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १६ दशमलव ४७ अंकले घटेर २,६१३ दशमलव ३३ को विन्दुमा कायम भएको छ । आज ५० कम्पनीको शेयर मूल्य बढेको छ भने २२३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५७ वटा कम्पनीको १ करोड ३१ लाख ७८ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको हो । शिवम् सिमेन्टको २९ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको १९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै लक्ष्मी सनराइज डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले १५ प्रतिशतका दरले कमाएका हुन् । केबिएल डिबेञ्चरका इकाईधनीले १२ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । प्राइम बैंक डिबेञ्चरका इकाईधनीले ८ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० दशमलव ५८ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्