समय : ०२:३५ pm | शुक्रबार , मंसिर ५ गते २०८३

सिद्धार्थ बैंकको १ लाख २१ हजार कित्ता शेयर बिक्रीमा

अर्थ विशेष | मंसिर ५ गते २०८३

काठमाडौं । सिद्धार्थ बैंकको १ लाख २१ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको १ लाख २१ हजार १२५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा संस्थापकबाहेकका अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्। यसअघि यो शेयर बैंकका संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएकोमा निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको बैंकले जनाएको छ।

इच्छुकले ७ दिनभित्र खरिद गर्न चाहेको शेयर संख्या खुलाई बैंकको काठमाडौं नक्सालस्थित केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्