समय : ०४:३८ pm | सोमबार , असार ८ गते २०८३

नेप्से परिसूचकमा १ दशमलव ४६ अंकको गिरावट

अर्थ विशेष | असार ८ गते २०८३

काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १ दशमलव ४६ अंकले घटेर २,७०० को विन्दुमा कायम भएको छ । आज ११६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५३ कम्पनीको ८१ लाख ३८ हजार ४३३ कित्ता शेयर निबेच हुँदा ४ अर्ब ४४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३० करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनबिबिएल डिबेञ्चरको २८ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै टक्सार पिखुवा खोला र याम्बालिङ हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमलव ३३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ दशमलव ८७ प्रतिशतका दरले गुमाएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्