समय : १०:४५ am | शुक्रबार , भाद्र १९ गते २०८३

लाभांश पारित गर्न एभरेष्ट बैंकले डाक्यो साधारण सभा

अर्थ विशेष | भाद्र १९ गते २०८३

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले लाभांश वितरणको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ १८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ३२औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज १४ गते काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजे वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ।

सभामा सञ्चालक समितिका अध्यक्षको प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गरिएको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गरिनेछ।

सभामा सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश(करसहित) वितरण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

प्रस्तावित बोनस सेयर जारी भएपछि बैंकको चुक्तापूँजी वृद्धि हुने भएकाले सोहीअनुसार बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ।

त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा राखिएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहगभाी हुनका लागि योग्य हुनेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्