समय : ०१:०४ pm | सोमबार , वैशाख ७ गते २०८३

सर्वसाधारणका लागि सिटिजन्स बैंकको करिब साढे १४ लाख कित्ता शेयर बिक्रीमा

अर्थ विशेष | वैशाख ७ गते २०८३

काठमाडौं । सिटिजन्स बैंकको करिब साढे १४ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको १४ लाख ४४ हजार ८६.९३ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा सर्वसाधारण लगानीकर्ताले खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०६ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

लगानीकर्ता शेयर खरिदका लागि काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। निवेदन ३५ दिनभित्र दिन सकिनेछ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्