समय : ०१:५४ pm | बुधबार , असाेज १४ गते २०८३

सुजुकीको उत्सव नयाँ, राइड नयाँ योजना सार्वजनिक, १ लाख रुपैयाँसम्म छुट पाउने

अर्थ विशेष | असाेज १४ गते २०८३

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले चाडपर्व लक्षित योजना ‘उत्सव नयाँ, राइड नयाँ’ सार्वजनिक गरेको छ ।

‘उत्सव नयाँ, राइड नयाँ’ योजना देशभर रहेका सुजुकीका आधिकारिक डिलरबाट उपलब्ध हुनेछ । ग्राहकले नजिकको डिलरमा पुगेर उपलब्ध मोडल, नगद छुट, एक्सचेन्ज बोनस तथा फाइनान्सिङ सुविधाबारे जानकारी लिन सक्नेछन् ।

योजनाअन्तर्गत सुजुकीका नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट वा एक्सचेन्ज बोनस पाउनेछन् ।
देशभर लागू हुने उक्त योजनाले चाडपर्वका बेला नयाँ दुईपांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गरिएको छ ।

अफरअन्तर्गत नगद छुट वा एक्सचेन्ज बोनससँगै ग्राहकले शून्य ब्याज तथा ३६ महिनासम्मको कम ईएमआई सुविधासमेत लिन सक्नेछन् । शून्य ब्याज तथा ३६ महिनाको कम ईएमआई सुविधा नागरिकता भएका ग्राहकका लागि लागू हुने कम्पनीले जनाएको छ। सुविधा सम्बन्धित योजनाका सर्तहरूमा आधारित हुनेछ ।

यस योजना सुजुकीका विभिन्न लोकप्रिय मोडलमा लागू हुनेछ । जसमा भि–स्ट्रोम २५० एसएक्स, एक्सेस १२५, एभेनिस १२५, बर्गम्यान स्ट्रिट १२५ र जिक्सर १५५ रहेका छन् ।

कम्पनीका अनुसार चाडपर्वलाई लक्षित गर्दै ग्राहकलाई नयाँ दुईपांग्रे सवारीसाधन खरिद गर्दा आर्थिक तथा फाइनान्सिङ दुवै पक्षबाट सहजता दिने उद्देश्यले योजना ल्याइएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्