समय : ०५:२२ pm | बिहिबार , असाेज २२ गते २०८३

ग्लोबल आइएमई क्यापिटलद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

अर्थ विशेष | असाेज २२ गते २०८३

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले “विश्व लगानीकर्ता सप्ताह २०२६” –World Investor Week को अवसरमा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

धितोपत्र तथा पूँजी बजारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने मूल उद्देश्यका साथ आयोजित उक्त कार्यक्रम असोज २१ गते, बुधबारका दिन भरतपुर महानगरपालिका स्थित बोस्टन इन्टरनेशनल कलेजमा सञ्चालन गरिएको थियो ।

स्वत कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक एवं सक्रिय सहभागिता रहेको थियो । कार्यक्रम अवधिभर सहभागी विद्यार्थीहरूलाई धितोपत्र बजार, सेयर लगानीका आधारभूत सिद्धान्त, जोखिम व्यवस्थापन तथा सुरक्षित लगानीका उपायहरूका विषयमा व्यावहारिक जानकारी गराइएको थियो ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व एवं पूँजी बजारको दीगो विकासलाई ध्यानमा राख्दै भविष्यमा पनि यस्ता चेतनामूलक साक्षरता कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ र यसले पूंजी बजारको आभारभूत पक्षहरुको बारेमा सचेतना अभिबृद्धि हुने विश्वास लिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्