समय : ११:१८ am | बुधबार , असाेज २१ गते २०८३

पोखरा फाइनान्सका ग्राहकलाई स्काइवाकमा १५ प्रतिशत छुट

अर्थ विशेष | असाेज २१ गते २०८३

काठमाडौँ । पोखरा फाइनान्स लिमिटेडका ग्राहकले काठमाडौंको कमलादीस्थित स्काइवाकमा टिकट खरिद गर्दा १५ प्रतिशत छुट पाउने भएका छन्।

पोखरा फाइनान्स र वण्डर्स नेपाल प्रा. लि. (स्काइवाक) बीच ग्राहक सुविधा विस्तारसम्बन्धी सम्झौता भएको हो। सम्झौताअनुसार पोखरा फाइनान्सका ग्राहकले स्काइवाकको टिकट खरिद गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकलाई थप सुविधा तथा लाभ उपलब्ध गराउने उद्देश्यले गरिएको उक्त सहकार्यबाट आफ्ना ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास पोखरा फाइनान्सले व्यक्त गरेको छ।

पोखरा फाइनान्सले हाल ३८ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ, सीआईएसलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ। साथै, कम्पनीले मोबाइल बैंकिङ, डेबिट कार्ड र क्यूआर कोडलगायतका डिजिटल बैंकिङ सुविधा पनि उपलब्ध गराउँदै आएको जानकारी दिएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्