समय : ०४:५५ pm | सोमबार , वैशाख ७ गते २०८३

नेप्से परिसूचकमा दोहोरो अकंको गिरावट

अर्थ विशेष | वैशाख ७ गते २०८३

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १३ दशमलव १७ अंकले बढेर २,८२५ को विन्दुमा कायम भएको छ । आज ६५ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको घटेको छ ।

आज दिनभरिमा ३४९ कम्पनीको १ करोड १६ लाख ५३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४३ करोड रुपैयााको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै होटल फरेष्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोपावरको २९ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको २८ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सूर्यकुण्ड र होटल फरेष्टका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । पाल्पा सिमेन्ट र शिखर पावरका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । झपा इनर्जीका लगानीकर्ताले ११ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै दोल्ती पावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्