समय : ०७:५३ pm | बुधबार , वैशाख २ गते २०८३

नेप्से परिसूचक ३३ अंकले बढ्यो

अर्थ विशेष | वैशाख २ गते २०८३

काठमाडौं । हरियो कार्पेट ओछ्याएर शेयर बजारले नयाँ वर्षलाई स्वागत गरेको छ । नयाँ वर्षको आज पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३३ दशमलव २७ अंकले बढेर २,८६६ को विन्दुमा कायम भएको छ । आज २२१ कम्पनीको शेयर मूल्य बढेको छ भने ४५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४४ कम्पनीको २ करोड ६४ लाख ३८ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । आज यस कम्पनकिो ५८ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ५७ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ४९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्