काठमाडौं । Samsung Nepal र Ncell ले नेपालभरका ग्राहकका लागि उन्नत मोबाइल प्रविधि, एआई अनुभव र डिजिटल कनेक्टिभिटीलाई अझ पहुँचयोग्य बनाउन आफ्नो सहकार्यलाई थप सुदृढ गरेका छन्। Samsung को Galaxy नवप्रवर्तन र Ncell को कनेक्टिभिटी नेटवर्कलाई जोड्दै यो सहकार्यले छनोट गरिएका Galaxy स्मार्टफोनमा निःशुल्क डेटा तथा भ्वाइस प्याक, आकर्षक एक्सचेन्ज बोनस, थप वारेन्टी र सहज किस्ताबन्दी भुक्तानीजस्ता विभिन्न सुविधा उपलब्ध गराउनेछ।
नयाँ स्मार्टफोन खरिदमा मात्र सीमित नरही Samsung र Ncell ले ग्राहकलाई पुरानो 2G प्रविधिबाट छिटो 4G कनेक्टिभिटीमा जान प्रोत्साहित गरिरहेका छन्। 2G देखि 4G अपग्रेड अभियानअन्तर्गत ग्राहकले जुनसुकै 2G डिभाइस साटेर Samsung को 4G स्मार्टफोन खरिद गर्दा रु. ५,००० सम्मको एक्सचेन्ज सुविधा पाउन सक्नेछन्। आकर्षक एक्सचेन्ज सुविधासँगै उपलब्ध न्यूनतम रु. १,२२१ को EMI विकल्पले अपग्रेडलाई थप सहज र किफायती बनाउनेछ। यस पहलले डिजिटल पहुँचको दूरी घटाउँदै नेपालमा 4G प्रविधिको प्रयोग विस्तार गर्ने सहकार्यको प्रतिबद्धतालाई थप बलियो बनाउँछ।
यस सहकार्यको मुख्य उद्देश्य प्रविधिलाई सबैका लागि पहुँचयोग्य बनाउनु र एआई तथा कनेक्टेड अनुभवलाई प्रिमियम स्मार्टफोनमा मात्र सीमित नराख्नु हो। स्मार्टफोनको दैनिक प्रयोगमा जेनेरेटिभ एआईको महत्त्व बढ्दै जाँदा Samsung ले Galaxy उत्पादन शृङ्खलामार्फत अझ धेरै ग्राहकसम्म एआई अनुभव पुर्याउँदै आएको छ। Galaxy A17 लगायतका स्मार्टफोनमा उपलब्ध एआई सुविधाले उन्नत प्रविधिलाई अझ उपयोगी र किफायती बनाउनेछ।
यस सहकार्यअन्तर्गत छनोट गरिएका Samsung Galaxy स्मार्टफोन खरिद गर्ने ग्राहकले मोडेल र योग्यताअनुसार १२ महिनासम्मका लागि Ncell का छनोट गरिएका मासिक डेटा तथा भ्वाइस प्याकमा शतप्रतिशत छुट पाउन सक्नेछन्।










