समय : ०५:१३ pm | बिहिबार , मंसिर ४ गते २०८३

सिक्लेस हाइड्रोपावरले डाक्यो वार्षिक साधारणसभा

अर्थ विशेष | मंसिर ४ गते २०८३

काठमाडौं । सिक्लेस हाइड्रोपावरले आफ्नो २२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले सभा यही मंसिर २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको घारीपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १३.३७५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२.७०६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६६९ प्रतिशतले हुन आउने नगद लाभांश छन्।

बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः०.७७४५ को अनुपातमा अर्थात ७७.४५ प्रतिशत हुन आउने ८५ करोड ३२ लाख ९८ हजार ७२३.९७ रुपैयाँबराबरको हकप्रद शेयर विद्युत नियमन आयोगको स्वीकृतिबमोजिम जारी गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। हकप्रद शेयर जारीबापत प्राप्त रकमको प्रयोजनसम्बन्धी प्रस्ताव सभाले पारित गर्नेछ।

सोही सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

सभा र लाभांश प्रयोजनार्थ कम्पनीले मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्