समय : ०३:१९ am | बिहिबार , भाद्र ३१ गते २०८३

जापानले नेपाललाई पुनःस्थापना र पुनःनिर्माणमा सहयोग गर्ने

अर्थ विशेष | भाद्र ३१ गते २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार (आज) भेटवार्ता भएको हो ।

भेटवार्तामा नेपाल–जापान सम्बन्ध तथा विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपाल सरकार तथा बाढी प्रभावित नागरिकप्रति जापान सरकारले देखाएको सद्भाव, सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गरे ।

राजदूत तोरुले दुःखको यस घडीमा नेपालप्रति संवेदना व्यक्त गर्दै विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माणमा जापान सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । भेटवार्तामा नेपाल र जापानबीच आपसी सम्बन्धका विभिन्न आयाममा भइरहेको सहकार्यका साथै आगामी दिनमा सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको सचिवालयले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्