समय : १२:१० pm | मङ्गलबार , भाद्र ३० गते २०८३

रिलायन्स स्पिनिङ मिल्सको लाभांश घोषणा

अर्थ विशेष | भाद्र ३० गते २०८३

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ५७ करोड रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

यो लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो असोज २२ गते ३२ औँ वार्षिक साधारणसभा डाकेको छ। सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुड ल्यान्ड एन्ड ब्यांक्वेटमा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभा प्रयोजनका लागि कम्पनीले असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १४ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्