समय : ०१:०१ pm | मङ्गलबार , भाद्र २३ गते २०८३

सुपर मादी हाईड्रोपावरको सेयरमूल्य समायोजन

अर्थ विशेष | भाद्र २३ गते २०८३

काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।
नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४५८.२६ रुपैयाँ कायम भएको छ ।

समायोजन अघि कम्पनीको अन्तिम सेयरमूल्य प्रतिकित्ता ५२७ रुपैयाँ कायम थियो । आगामी कारोबारमा यही मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको सेयर कारोबारमा आउनेछ ।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश कम्पनीको असोज १ गते बिहीबार काठमाण्डौको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजे बस्ने साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्