समय : ०२:४४ pm | बिहिबार , भाद्र ४ गते २०८३

हिमालयन लाइफ इन्स्योरेन्सको ‘ब्रान्च म्यानेजर कन्फ्रेन्स’ भव्य रूपमा सम्पन्न

अर्थ विशेष | भाद्र ४ गते २०८३

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरास्थित द ग्राण्डमा “Branch Manager Conference” भव्य रूपमा सम्पन्न गरेको छ। उक्त विशेष कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा १०० प्रतिशत वा सोभन्दा बढी लक्ष्य हासिल गर्न सफल देशभरका शाखा प्रबन्धक तथा मार्केटिङ एक्जिक्युटिभहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा कम्पनीका Chief Business Officer नवीन थापाले बजारको बदलिँदो अवस्था र आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीको व्यवसायलाई दिगो तथा सन्तुलित रूपमा निरन्तर वृद्धि गर्न सफल भएकोमा सम्पूर्ण शाखा तथा टिमलाई धन्यवाद व्यक्त गरे ।

त्यसैगरी, कर्पोरेट हेड धिरज ठाकुरले कर्पोरेट ब्यबसायले सस्थाको दृघकालिन ब्यबसायमा उल्लेखनीय योगदान पुर्यान सक्ने बारे जानकारी गराए ।

त्यसैगरी, Chief Business Officer हरिप्रसाद ढुंगानाले कम्पनीको Renewal Business मा समेत उल्लेखनीय सुधार हुँदै गएको र नवीकरण व्यवसायलाई संस्थागत रूपमा मजबुत बनाउन सबै तहबाट प्राप्त सहयोग कम्पनीको आगामी वृद्धिको महत्वपूर्ण सूचक रहेको बताए ।

कार्यक्रममा कम्पनीका Acting CEO दिनेश अमात्यले सम्पूर्ण लक्ष्य प्राप्तकर्ता तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कम्पनीले अघि सारेको ““Connect, Innovate & Excel”को भावनालाई आत्मसात् गर्दै निरन्तर उत्कृष्टता हासिल गर्न सबैलाई प्रेरित गरे ।

कार्यक्रममा कम्पनीका Training Head हर्कबहादुर बुढाथोकी तथा अन्तर्राष्ट्रिय मोटिभेसनल ट्रेनर सइद अब्जाद अहमद जियाउले प्रशिक्षण तथा प्रेरणादायी प्रस्तुति प्रदान गरेका थिए । प्रशिक्षणले सहभागीहरूमा नयाँ ऊर्जा, सकारात्मक सोच, नेतृत्व क्षमता तथा व्यवसायिक उत्कृष्टताका लागि थप उत्साह प्रदान गरेको थियो।

उक्त सम्मेलनमा कम्पनीका सातवटै प्रदेशका प्रदेश प्रमुख तथा उप–प्रदेश प्रमुखहरूको गरिमामय उपस्थिति रहेको थियो।

समग्रमा, “Branch Manager Conference” उपलब्धिको सम्मान, अनुभव आदान–प्रदान, नेतृत्व विकास र आगामी दिनमा अझ उत्कृष्ट व्यवसायिक परिणाम हासिल गर्ने नयाँ ऊर्जा प्रदान गर्ने महत्वपूर्ण तथा प्रेरणादायी कार्यक्रमका रूपमा सम्पन्न भएको छ।

उत्कृष्ट उपलब्धिको सम्मान, नयाँ लक्ष्यको संकल्प र दिगो सफलताको यात्रामा हिमालयन लाइफ इन्स्योरेन्स अब हरेक ईन्डिकेटरमा प्रथम रहने लक्ष्य सहित कार्यक्रम सम्पन्न भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्