समय : ०४:३३ pm | शुक्रबार , असाेज ३० गते २०८३

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको करिब २८ लाख कित्ता शेयर बिक्रीमा

अर्थ विशेष | असाेज ३० गते २०८३

काठमाडौं ।कम्पनीका संस्थापक शेयरधनीहरुको नाममा रहेको २७ लाख ९३ हजार ३६१ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुमात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

शेयर खरिदका लागि निवेदन ३५ दिनको समय दिइएको छ। यो अवधिभित्र इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंको थापाथलीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा निवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्