समय : ०८:४८ pm | शुक्रबार , असाेज ३० गते २०८३

नेप्से परिसूचक ८.२३ अंकले बढ्यो

अर्थ विशेष | असाेज ३० गते २०८३

काठमाडौं । दसैँ बिदाअघिको अन्तिम करोबारमा शेयर बजार शुक्रबार बढेको छ। नेप्से परिसूचक ८.२३ अंकले बढेर २६३४.१७ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहका रहेका ८ वटा समूह बढेका छन् भने ५ वटा घटेका छन्। आज म्युचुअल फन्ड समूह सर्वाधिक ०.७६ प्रतिशतले बढेको छ भने बैंकिङ समूहले ०.७२ प्रतिशतको बढोत्तरीका साथ बजारको बढाइ धानेको छ। यो दिन व्यापार समूह सर्वाधिक ०.५४ प्रतिशतले घटेको छ।

बजारमा आज १७४ कम्पनीको शेयरभाउ बढेको छ भने ९१ कम्पनीको घटेको छ। यो दिन १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन बजारमा चिरख्वा हाइड्रोपावरको शेयरधनीहरुले सर्वाधिक कमाएका छन्। यो कम्पनीको शेयरभाउ १४.८२ प्रतिशतले बढेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्