समय : ०४:०७ pm | बुधबार , असाेज २८ गते २०८३

नेप्सेमा २१ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

अर्थ विशेष | असाेज २८ गते २०८३

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २१ दशमलव ३२ अंकले बढेर २,६२१ को विन्दुमा कायम भएको छ । आज १८८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५४ कम्पनीको १ करोड १६ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १३ करोड माथिको शेयर कारोबार भएको हो । हिजोको तुलनामा आज कारोबार रकम बढेको हो । आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको २६ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको २१ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको १२ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले १३ दशमलव २१ प्रतिशतका दरले कमाएका छन् । नेपाल एसबिआई बैंक डिबेञ्चरका इकाईधनीले ८ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्तका लगानीकर्ताले ४ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सगरमाथा जलविद्युतका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ३२ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्