समय : ०५:४४ pm | शुक्रबार , कार्तिक २८ गते २०८३

छठका अवसरमा कात्तिक ३० गते पनि सार्वजनिक बिदा

अर्थ विशेष | कार्तिक २८ गते २०८३

काठमाडौं । सरकारले छठका अवसरमा यही कात्तिक ३० गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो। सरकारले छठ पर्वको भोलिपल्ट अर्थात कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

कात्तिक २९ गते आइतबार छठ पर्व रहेको छ। यो दिन सार्वजनिक बिदा नै रहेको छ। छठ पर्वको अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र भोलिपल्ट उदाउँसो सूर्यलाई अर्घ दिन व्रत समापन गरिन्छ। त्यसैले सरकारले छठ पर्वको भोलिपल्ट अर्थात कात्तिक ३० गते सोमबार समेत सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्