बागलुङ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यसै वर्ष बागलुङको निसेलढोरमा केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।
निसेलढोरमा विद्युत् पुगेपछि गण्डकी प्रदेशमा शतप्रतिशत विद्युतीकरण हुने उनको भनाइ छ।
बिहीबार बागलुङको ढोरपाटनमा केन्द्रीय विद्युत् सेवा पुगेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले त्यहाँबाट करिब ११ किलोमिटर टाढा रहेको निसेलढोरमा पनि यसै वर्ष बिजुली पुर्याउने लक्ष्य रहेको बताए।
बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ पहिरोको निरीक्षणपछि उनले विद्युत् विस्तारको काम अघि बढाइने जानकारी दिएका हुन्।
यसैगरी, मन्त्री श्रेष्ठले दब्ल्याङ पहिरोको दिगो समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै पहिरो नियन्त्रणमा बायोइन्जिनियरिङ विधिसमेत अपनाउनुपर्ने बताए।










