समय : ०१:४४ pm | बिहिबार , श्रावण २८ गते २०८३

सुनको मूल्य आजपनि घट्यो

अर्थ विशेष | श्रावण २८ गते २०८३

\काठमाण्डौ । स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने सुन प्रतितोला ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन सुन १ हजार २ सयले घटेको थियो ।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ५२० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ९४५ रुपैयाँ थियो।

यता, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ४ हजार ७४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर ४ हजार ७५० रुपैयाँ पुगेको हो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्