समय : १२:२३ pm | शुक्रबार , श्रावण २ गते २०८२

बढ्यो सुनको भाउ

अर्थ विशेष | असार १७ गते २०८२

काठमाण्डौ । मंगलबार स्थानिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १५५ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्