समय : ०१:३२ pm | शुक्रबार , वैशाख १८ गते २०८३

मुक्तिनाथ विकास बैंकको साढे १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | वैशाख १८ गते २०८३

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले साढे १ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि १ लाख ५६ हजार २८३ कित्ता सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आगामी जेठ १ गतेभित्र मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि आवेदन दिदा सम्पूर्ण कित्ताका लागि दिनुपर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्