काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभन्नि ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ५ हजार ८०७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र मध्यपूर ठिमीमा रहेको संस्थाको कर्पोरेट कार्यालयमा लिखित जानकारी दिनु पर्नेछ ।
तोकिएको समयसम्म कुनै लिखित आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीका लागि उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।










