समय : १२:१७ pm | बिहिबार , वैशाख १० गते २०८३

छिमेक लघुवित्तको ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | वैशाख १० गते २०८३

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थाको दुईजना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ६९ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवे्दन दिन सक्नेछन् ।

लगानीकर्ताले वैशाख २१ गतेसम्म बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा आईपुग्ने गरी आवेदन पेश गर्नु पर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्