काठमाडौं । आज साताको अन्तिम कारोबार दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ७ दशमलव ३७ अंकले घटेर २,६४३ को विन्दुमा कायम भएको छ । आज १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३४४ कम्पनीको ९७ लाख ५४ हजार ४०३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एग्रिकल्चर बोन्डको कारोबार रकम भएको छ । आज यसको ७० करोड ८७ लाखको शेयर कारोबार भएको छ । खानीखोला हाइड्रोपावरको १७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लिबर्टी इनर्जीको १६ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै माउन्ट एभरेष्टका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । सर्वोतम पेन्ट्सका लगानकिर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ६ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । विकास हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १२ दशमलव ८३ प्रतिशतका दरले गुमाएका छन् ।










