समय : ०४:०४ pm | बिहिबार , असार २५ गते २०८३

नेप्से परिसूचक १९ दशमलव ६७ अंकले घट्यो

अर्थ विशेष | असार २५ गते २०८३

काठमाडौँ । आज पनि शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १९ दशमलव ६७ अंकले घटेर २,६०१ को विन्दुमा कायम भएको छ । आज ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३६१ कम्पनीको ८७ लाख ५१ हजार ३८० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक डिबेञ्चरको कारोबार भएको छ । आज यसको ३५ करोड ५८ लाख रुपैयाँको ईकाइ कारोबार भएको छ । एबिएल डिबेञ्चरको २८ करोड ६५ लाख रुपैयाँको इकाई कारोबार भएको छ । बीओके डिबेञ्चरको २० करोड ८६ लाख रुपैयाँको इकाई कारोबार भएको छ ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस संस्थाका लगानीकर्ताले १२ दशमलव ६८ प्रतिशतका दरले कमाएका हुन् । स्नो रिभर्सका लगानीकर्ताले ११ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन् । प्राइम डिबेञ्चरका इकाईधनीले ५ दशमलव ६१ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै बिओके डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ८ दशमलव ६६ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्