समय : ०३:४४ pm | बुधबार , असार १७ गते २०८३

नेप्सेमा ४४.५९ अंकको वृद्धि

अर्थ विशेष | असार १७ गते २०८३

काठमाडौं । लगातार गिरावट भएको शेयर बजार आज भने भारी अंकले बढेको छ । आज नेप्से परिसूचक ४४ दशमलव ५९ अंकले बढेर २,६५२ को विन्दुमा कायम भएको छ । आज २५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३६२ कम्पनीको ९५ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १७ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको १७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै स्नो रिभर्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताले १४ दशमलव २२ प्रतिशतका दरले कमाएका छन् । भुजुङ हाइड्रोका लगानीकर्ताले १३ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । कुथेली बुखरीका लगानीकर्ताले ९ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ५ दशमलव २१ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्