समय : ११:१७ am | शुक्रबार , असार १२ गते २०८३

हिरारत्न हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

अर्थ विशेष | असार १२ गते २०८३


काठमाण्डौ । हिरारत्न हाईड्रोपावर पब्लिक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न यही असार ३२ गते विशेष साधारण सभा आयोजना गर्ने भएको छ ।असार ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सभा शुरु गर्ने निर्णय गरेको हो ।

उक्त सभामा सर्वसाधारणलाई कम्पनीको आईपीओ जारी गर्ने, सार्वजनिक निष्कासनपश्चत प्राप्त पूँजीको उपयोगबारे निर्णय लिने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यस विषयमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने जस्ता विशेष प्रस्ताहरु अनुमोदन गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्