काठमाडौं । नेप्सेमा लगातार गिरावट आएको छ । हिजो पनि दोहोरो अंकले घटेको बजार आज पनि घटेरै बन्द भएको हो । आज नेप्से परिसूचक ८ दशमलव ५० अंकले घटेर २,६५१ को विन्दुमा कायम भउको छ । आज ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३३८ कम्पनीको ६४ लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८३ करोड माथिको शेयर कारोबार भएको छ । हिजोको तुलनामा आज कारोबार रकम पनि घटेको छ । आज सबैभनदा धेरै सोपान फर्मास्युटिकल्को शेयर कारोबार भएको छ । आज यस कम्पनीको १२ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १२ करोड ८ लाख रुपैयाँ शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको १० करोड ५९ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै टक्सार पिखुवाखोला र याम्बालिङ हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । कालिका लघुवित्तका लगानीकर्ताले १२ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशमलव २० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै भुजुङ हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ११ दशलमव ०३ प्रतिशतका दरले गुमाएका हुन् ।










