समय : १२:२७ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | चैत्र ३ गते २०८२

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएबमोजिम सेयर बिक्रीमा ल्याएको हो । बैंकले ८ हजार ७८० कित्ता संस्थापक सेयर बिक्री गर्न सूचना सार्वजनिक गरेको हो ।

उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको प्रधान कार्यालय काठमाण्डौ–२ टंगालमा आवेदन दिन सक्नेछन् । यदि तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानूनबमोजिम उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्