काठमाडौं । आज साताको अन्तिम कारोबार दिन पनि शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ८ दशमलव ५७ अंकले घटेर २,६२८ को विन्दुमा कायम भएको छ । आज ५९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०३ कम्पनीको घटेको छ ।
आज दिनभरिमा ३५३ कम्पनीको १ करोड ३१ लाख ९८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लक्ष्मी सनराइज क्यापिटलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको २१ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालय ऊर्जा विकास कम्पनीको १५ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस बैंकका लगानीकर्ताले ६ दशमलव ०८ प्रतिशतका दरले कमाएका हुन् । माण्डु हाइड्रोका लगानीकर्ताले ४ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन् । बेष्ट फाइनान्सका लगानीकर्ताले ४ दशमलव ३० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ३७ प्रतिशतका दरले गुमाएका हुन् ।










