काठमाडौं । बजेट पछिको पहिलो सेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.७२ अंकले घटेर २७५५ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको सेयर मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छ ।
सोमबार ३४९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । आँखु खोलाको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै नेपाल रिइन्स्योरेन्सको ३७ करोड, हिमालयन रिइन्स्योरेन्सको २५ करोड र रिडि पावरको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल रिइन्स्योरेन्स र कालिन्चोक हाइड्रोको सेयर मूल्य १४.९९ प्रतिशतले बढेका छन् ।
आज १३ उपसूचक मध्ये ११ वटाको सूचक घटेका छन् भने २ वटाको सूचक बढेका छन् । नन लाइफ इन्स्योरेन्स १.३७ प्रतिशत र अन्य ३.३६ प्रतिशतले बढेका छन् ।










