समय : ०३:५६ pm | सोमबार , वैशाख १४ गते २०८३

अविरल हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

अर्थ विशेष | वैशाख १४ गते २०८३

काठमाण्डौ । अविरल हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । वैशाख १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ १६ गते प्रथम वार्षिक साधारण सभा डाकेको हो ।

उक्त सभा झापामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने सम्बन्धी प्रस्तावमाथि छलफल गर्ने र सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न तथा प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै आईपीओबाट प्राप्त रकमको उपयोगका बारेमा निर्णय समेत गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्