काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.९५ अंकले घटेर २८०४ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार १२१ कम्पनीको सेयर मूल्य बढ्दा १३८ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बुधबार ३४२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेसनल हाइड्रो पावरको भएको छ । नेसनलको ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै रिलाइन्स स्पििनिङ मिल्सको ३२ करोड, सोलु हाइड्रोको ३१ करोड, होटल फोरेस्टको २८ करोड र एसवाई प्यानलको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पाल्पा सिमेन्टको १५ प्रतिशत, सुर्यकुन्ड हाइड्रोको १४.९९ प्रतिशत र शिखर पावरको १४.९९ प्रतिशतले सेयर मूल्य बढेका छन् ।










