काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको डेढ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।
बैंकको संस्थापक समूहको १ लाख ५१ हजार ५३४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्।
निवेदन ३५ दिनभित्र पेस गर्नुपर्नेछ। निवेदन बैंकमा पेस गर्न सकिनेछ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा नियमतः प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।










