समय : १२:१० pm | मङ्गलबार , भाद्र ३० गते २०८३

कच्चा तेलको मूल्यमा वृद्धि, प्रतिब्यारेल कति पुग्यो ?

अर्थ विशेष | भाद्र ३० गते २०८३

काठमाण्डौ। मध्यपूर्वमा बढ्दो सैन्य तनाव र तेल आपूर्ति प्रणालीमा देखिएको अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः उकालो लागेको छ।
अन्तर्राष्ट्रिय बजारको प्रमुख बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य १.६३ प्रतिशतले बढेर प्रतिब्यारेल १०७.३ डलर पुगेको छ । यस्तै डब्लूटीआई क्रुडको मूल्य पनि १.६४ प्रतिशतले बढेर प्रतिब्यारेल १०३ डलर पुगेको छ ।

इराकबाट प्रक्षेपण गरिएका ड्रोनका कारण साउदी अरबको महत्वपूर्ण ईस्ट–वेस्ट तेल पाइपलाइनमा क्षति पुगेपछि पाइपलाइन बन्द गरिएको छ। उक्त पाइपलाइनले स्ट्रेट अफ हर्मुजलाई बाइपास गर्दै साउदी अरबको तेल पश्चिमी बजारतर्फ पुर्याउन महत्वपूर्ण भूमिका खेल्छ। पाइपलाइन बन्द हुँदा विश्व बजारमा तेल आपूर्ति थप प्रभावित हुने चिन्ता बढेको छ।

यसैबीच, यमनमा सक्रिय हुथी विद्रोहीले साउदी अरबमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमणको शृंखला सञ्चालन गरेको रिपोर्ट सार्वजनिक भएको छ। साउदी नेतृत्वको गठबन्धनका अनुसार सोमबार भएका आक्रमणमा १३ जना सर्वसाधारण घाइते भएका छन्।

अर्कोतर्फ, इरानी सेनाले स्ट्रेट अफ हर्मुजमाथि उन्नत अमेरिकी ड्रोन खसालेको दाबी गरेको छ। पछिल्ला दिनमा खाडी क्षेत्रमा अमेरिका र इरानबीच सैन्य तनाव बढ्दै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानविरुद्धको अभियान जारी राख्न सक्ने तथा इरानको तेलमाथि नियन्त्रण लिन सकिने संकेत दिएका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्