काठमाडौं ।प्रतिनिधिसभाको आजको बैठकले ‘संघीय निजामती सेवा विधेयक २०८२’ पारित गरेको छ।विधेयकमा संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गरिएको छ।यसअघि बैठकमा सांसदहरु रेखा शर्मा, प्रेम सुवाल, प्रकाश ज्वाला, महेन्द्रबहादुर शाही, जनार्दन शर्मा, अमनलाल मोदी, रणेन्द्र बराइली, प्रभु साहलगायतले उक्त विधेयकमाथिको छलफलमा भाग लिएका थिए।बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले उक्त विधेयक पारित गर्न सदनसमक्ष प्रस्तुत गरेका थिए।
प्रतिनिधिसभाको अर्को बैठक असार २३ गते अपराह्न एक बजे हुनेछ।