समय : ०२:५० pm | शुक्रबार , भाद्र १२ गते २०८३

बाढीपीडितलाई दुई करोड सहयोग

अर्थ विशेष | भाद्र १२ गते २०८३

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि रु दुई करोड प्रदान गर्ने भएको छ।

प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो।सहायता रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा दाखिला गर्ने निर्णय भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाशबहादुर रावलले जानकारी दिए।

साथै, बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि स्वास्थ्य टोली पठाउने निर्णय भएको छ।

यसैगरी, बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रकाश भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। आयोगको सदस्यमा गङ्गादत्त जोशी र हीरा चन्दलाई नियुक्त गर्ने निर्णय गरेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्