समय : ०४:५८ pm | शुक्रबार , श्रावण २ गते २०८२

मन्जुश्री फाइनान्सद्वारा इन्स्टा फण्ड ट्रान्सफरमार्फत निःशुल्क अन्तरबैंक रकमान्तरको सुबिधा

अर्थ विशेष | असार ८ गते २०८२

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो डिजिटल सेवालाई अझै उत्कृष्ट बनाउने तथा आफ्ना ग्राहकलाई दिईरहेको सेवालाई अझै प्रभावकारी बनाउने उद्देश्यले इन्स्टा फण्ड ट्रान्सफरमार्फत निःशुल्क अन्तरबैंक रकमान्तरको सुबिधा ल्याएको छ ।
यो सुबिधा मन्जुश्रीको मोबाइल बैंकिङ एपको मन्जुश्री स्मार्ट अन्तर्गत इन्स्टा फण्ड ट्रान्सफर भुक्तानी विकल्पबाट एनपीएसमा आवद्ध बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकम रकमान्तर गर्न सक्नेछन् ।

ग्राहकवर्गको डिजिटल अनुभवलाई अझै उत्कृष्ट र सहज बनाउने उद्देश्यले सो सेवालाई मन्जुश्रीले आफ्नो एपमार्फत ग्राहकको माझ ल्याएको छ ।

मन्जुश्री फाइनान्सले हालसम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई बैंकिंग सेवा उपलब्ध गराईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्