काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न गरेको छ। कार्यक्रम काठमाडौंको रोयल टुलिप होटल, ग्वार्कोमा आयोजना गरिएको हो ।
कार्यक्रममा एक हजारभन्दा बढी सहभागीको उपस्थिति रहेको थियो । देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्ने सिटिजन लिडर, कर्मचारी र शाखालाई सम्मान गरिएको थियो ।
यस अवसरमा कम्पनीले नयाँ डिजिटल आई–सोलुसन प्रणाली ‘भर्जन नेक्ट’ शुभारम्भ गरेको छ । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक समिति र व्यवस्थापन टोलीले संयुक्त रूपमा प्रणाली सार्वजनिक गरेका हुन् । कम्पनीका अनुसार यसले सेवा प्रवाहलाई अझ छरितो, सुरक्षित र ग्राहकमैत्री बनाउनेछ ।
कार्यक्रममा ह्युमानोइड रोबोट र रोबोटिक डग विशेष आकर्षण बने । हास्य कलाकार सुन्दर खनालको प्रस्तुति तथा ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको कम्पनीले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र प्रमुख बजार अधिकृत भूषण रिमालले नेतृत्व विकास, बीमा व्यवसाय विस्तार र उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
समारोहमा ७८० जना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । बुटवल शाखा उत्कृष्ट शाखा घोषित भएको छ । भेषराज भट्टराई उत्कृष्ट स्टार एजेन्सी म्यानेजर, नितेश श्रेष्ठ उत्कृष्ट सिटिजन लिडर, गीता पौडेल सर्वाधिक बीमालेख जारी गर्ने अभिकर्ता र दिलबहादुर धामी सर्वाधिक अभिकर्ता भर्ती गर्ने व्यक्तिका रूपमा सम्मानित भएका छन् ।
कम्पनीले यस्ता सम्मान कार्यक्रममार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने लिडरलाई थप प्रेरित गर्दै गुणस्तरीय सेवा प्रवाह र संस्थागत उत्कृष्टतालाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ ।










